काठमाडौको सडकमा धान कोदो छुपु छुपु

दीपक न्यौपाने काठमाठडौ, साउन ०७, २०७१– सुन्दा अचम्म लाग्ला अझ देख्दा त छक्कै पर्नु हुन्छ । काठमाडौ महानगरपालीका वडा नं १६ मा पर्ने बालाजु चोकमा आज दिउँसो १०ः४५ बजे एक लाज लाग्दो दृश्यले दुनियाँ दंग बनायो । बालाजु चोक बाट बाइपास जाने बाटोमा सडक बिभागले काम थालेको थुपै्र भैसक्यो तरपनि काम गर्न आलेटाले गर्दा बाटोमा हिड्न कठिन समस्या भोग्दै आएका स्थानियहरुले सम्बन्धीत निकायसंग रीस पोख्दै काम नगर्ने भए खेती लगाउनु भन्दै हिलोमा धान र कोदो रोपाई गरेका Dhan Ropai छन् ।चौवाटोको एउटा चोकमै यो रोपाई भैरहदा काठमाडौबाट अन्य जिल्लामा जान बसमा यात्रा गरि रहेका यात्रुहरु इयालको सिसा तानातान गर्दै यो दृश्यलाई हतार हतारमा नजरअन्दाज लगाइरहेका थिए ।Dhan ropai 206

 

Spread the love