त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग विस्तार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाअन्तर्गत काठमाडौँको गुह्येश्वरी, जडीबुटी र कोटेश्वर क्षेत्रको धावनमार्ग विस्तारका क्रममा छन् । उक्त परियोजनाको ‘आइसिबी १’ अन्तर्गतको कार्यक्रम अहिले सञ्चालन भइरहेको छ । ‘आइसिबी १’ को योजनाअनुसार विमानस्थलको धावनमार्ग र हवाइजहाज पार्किङस्थल विस्तारको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसी बताउँछन । जडीबुटी र कोटेश्वर क्षेत्रमा ३०० मिटरको धावनमार्ग विस्तार गर्ने योजना छ । यसअनुसार अहिले २५ मिटरको खाडल पुर्ने काम भइरहेको छ । त्यस्तै, गुह्येश्वरी क्षेत्रअन्तर्गत हवाइजहाज पार्किङका लागि २२ मिटर खाडल पुर्ने काम भइरहेको प्रवक्ता केसीले बताए । जडीबुटी र कोटेश्वर क्षेत्रमा विस्तारसम्बन्धी काम धमाधम भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल हाल एउटैमात्र भएको हुँदा दिवा समयमा विस्तारको काम गर्दा असर पुग्ने भएकाले रात्रि समयमा मात्रै काम गर्नुपर्ने बाध्यता रहेको केसीको गुनासो छ । “एप्रोच लाइट हटाउने काम रातिमात्रै भइरहेको छ, यसले गर्दा काम ढिलो रुपमा अघि बढिरहेको छ,” उनले भने । निकट भविष्यमा सो धावनमार्गलाई ट्याक्सी मार्गसँग समानान्तर रुपमा जोड्ने योजना रहेको केसीले सुनाए । गुह्येवरीतर्फ धावनमार्गको विस्तारपछि २० वटाभन्दा बढी हवाइजहाज पार्किङ गर्न सकिने बताइन्छ । यसका लागि त्यहाँ माटो ओसारपसारको काम भइरहेको छ । विमानस्थल सुधार परियोजनाअन्तगर्तको पहिलो परियोजना सन् २०१३ देखि सन् २०१७ सम्ममा सम्पन्न गर्ने समयसीमा भएपनि लक्ष्यअनुसारको काम भने हुन सकिरहेको छैन । यसो हुनुमा देशमा हुने राजनीतिक, आर्थिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक पक्षले असर पारेको प्रवक्ता केसीको भनाइ छ । यद्यपि तोकिएको समयसीमाभित्रै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता नेपाल नागरिक उड्डयन प्राधिकरणको छ । आगामी दिनमा दुईवटा कन्भेयर बेल्ट थप्ने योजना प्राधिकरणको छ । यसका लागि आइनेको कम्पनीले बोलपत्र हाल्ने सहमति जनाइसकेको छ । उपलब्ध सीमित स्रोत र साधनको उच्चतम प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०१० देखि सन् २०२८ सम्ममा सम्पन्न गर्ने गरी विमानस्थल सुधार गुरुयोजना ल्याएको थियो । सो गुरुयोजनामा सिमिकोट र राराको विमानस्थलसमेत सुधार गर्ने कार्यक्रम छ । यसका लागि तीन चरणमा कार्यक्रमलाई छुट्याइएको छ । पहिलो चरणअन्तर्गतको आइसिपी १ को कामलाई बढी प्राथमिकता दिइएको छ भने पहिलो चरणकै आइसिबी २ को काम भने समापन भइसकेको छ । आइसिबी १ को कार्यक्रम सन् २०१७ मार्च १६ मा सम्पन्न हुनेछ । यो परियोजनाका लागि ६१ मिलियन अमेरिकी डलर बजेट छुट्याइएको छ । यो रकम एसियाली विकास बैंकबाट ऋणस्वरुप प्राप्त भएको छ । यसमा सान जोसे र एसए स्पेनले करारमा काम गरिरहेका छन् । त्यस्तै, जापान एयरपोर्ट कन्सल्टेन्ट र जिइओसिइ कन्सल्टेन्टका रुपमा काम गरिरहेका छन् । रासस

माघ २६, काठमाडौँ  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाअन्तर्गत काठमाडौँको गुह्येश्वरी, जडीबुटी र कोटेश्वर क्षेत्रको धावनमार्ग विस्तारका क्रममा छन् । उक्त परियोजनाको ‘आइसिबी १’ अन्तर्गतको कार्यक्रम अहिले सञ्चालन भइरहेको छ । जडीबुटी र कोटेश्वर क्षेत्रमा ३०० मिटरको धावनमार्ग विस्तार गर्ने योजना छ । यसअनुसार अहिले २५ मिटरको खाडल पुर्ने काम भइरहेको छ । त्यस्तै, गुह्येश्वरी क्षेत्रअन्तर्गत हवाइजहाज पार्किङका लागि २२ मिटर खाडल पुर्ने काम भइरहेको प्रवक्ता केसीले बताए ।“एप्रोच लाइट हटाउने काम रातिमात्रै भइरहेको छ, यसले गर्दा काम ढिलो रुपमा अघि बढिरहेको छ,” उनले भने । निकट भविष्यमा सो धावनमार्गलाई ट्याक्सी मार्गसँग समानान्तर रुपमा जोड्ने योजना रहेको केसीले सुनाए । गुह्येवरीतर्फ धावनमार्गको विस्तारपछि २० वटाभन्दा बढी हवाइजहाज पार्किङ गर्न सकिने बताइन्छ । यसका लागि त्यहाँ माटो ओसारपसारको काम भइरहेको छ ।Nepal Airlince

विमानस्थल सुधार परियोजनाअन्तगर्तको पहिलो परियोजना सन् २०१३ देखि सन् २०१७ सम्ममा सम्पन्न गर्ने समयसीमा भएपनि लक्ष्यअनुसारको काम भने हुन सकिरहेको छैन । यद्यपि तोकिएको समयसीमाभित्रै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता नेपाल नागरिक उड्डयन प्राधिकरणको छ । आगामी दिनमा दुईवटा कन्भेयर बेल्ट थप्ने योजना प्राधिकरणको छ । यसका लागि आइनेको कम्पनीले बोलपत्र हाल्ने सहमति जनाइसकेको छ ।

Spread the love