आज सुनचाँदीको भाउमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो दिन सुनको भाउमा सामान्य वृद्धि भएको छ ।  आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहेर प्रतितोला ९२ हजार रुपैयाँ कायम रहेको थियो । आइतबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Spread the love