यार्सा टिप्न जनप्रतिनिधि पनि लेकतिर

yarcha dolpa thepowernews2

म्ला/रुकुम (पूर्व) – बहुमूल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएका छन् । जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्।एक दशकदेखि यो क्रम जारी रहेको पातारासी गाउँपालिकामा पाँच मावि, २० निमावि र ६ प्रावि छन्।   रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–३ का वडाध्यक्ष धोकरा बुढा वडा कार्यालयका कामकाज थाती राखेर यार्सा टिप्न पाटनतिर गएका छन् । गाउँपालिका कार्यालयलाई जानकारी नगराईकन वडाध्यक्ष बुढा यार्सा टिप्न गएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए । वडाध्यक्ष बुढा वैशाख ३० गते पाटनतिर गएकाले गाउँ कार्यपालिका बैठकमा समेत उपस्थित भएका छैनन् । वडामा अहिले वडा सदस्य चिन्या बुढालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । वडाध्यक्ष नै काम छाडेर यार्सा टिप्न गएपछि कामकाज प्रभावित भएको छ ।

Spread the love