सरकारले चालेको सिन्डिकेट विरुद्ध वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने चेतावनी

सरकारले चालेको सिन्डिकेट विरुद्ध वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने चेतावनी

३ वैशाख, काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध  व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।   त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ । २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुने  महासंघले जनाएको छ । ‘६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँछौं । त्यसपछि हाम्रा गाडीमा विरोधस्वरुप कालो झण्डा राखिनेछ,’ उनले भने, ‘१९ गते देशभरका यातायात कार्यालय घेराउ गर्छौं ।’  आन्दोलनमा ट्रक व्यवसायीदेखि टि्रपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ । आफ्ना आन्दोलनका कार्यक्रबारे जानकारी दिन वैशाख ५ गते पत्रकार सम्मेलन गरिने महासंघले जनाएको छ ।