इलाम : शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको छ । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको छ । जिल्लाको दक्षिणी भेगस्थित चुलाचुली गाउँपालिकाको भवनमा बम विस्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए । शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ ।