अमेरिकी कम अवधिको भिसा जारी गर्न दूतावासहरुलाई निर्देशन

नेपालको सन्दर्भमा भिजिटर लगायतका अधिकांश भिसा बढीमा ५ बर्षको र धेरैपटक प्रवेश गर्नसक्नेगरी दिनसकिने प्रावधान रहेको छ । तर नयाँ निर्देशिकामा कन्सुलर अफिसले सिंगल इन्ट्रीसहितको कम अवधिको भिसा दिनका लागि प्रावधानहरु उल्लेख गरिएको छ । अमेरिकी सरकारले गैर आप्रवासी भिसा सम्बन्धि नीतिमा फेरबदल गर्दै तोकिएको भन्दा कम अवधिका लागि भिसा दिन प्रोत्साहन गर्दै संसारभर रहेका दूतावास र भिसा जारी गर्ने पोष्टहरुलाई निर्देशन जारी गरेको छ । कुनै व्यक्ति अमेरिका गएर तत्कालका लागि फर्कनसक्ने सम्भावना छ, तर पाँच बर्षको अवधिमा कुनै पनि बेला गएर फर्कन सक्नेमा आशंका छ भने त्यस्तो व्यक्तिका लागि कम समयको र कम इन्ट्री सहितको भिसा जारी गर्न निर्देशन दिइएको छ । नयाँ निर्देशिका तत्काल लागु गर्न दूतावासहरुलाई निर्देशन समेत दिइएको छ ।  आवेदक हेरेर भिसाको अवधि कम गर्न वा सिमितता अपनाउन उदाहरणसहित निर्देशन दिइएको हो ।

Spread the love