योग्यलाई मात्र अमेरिकामा ग्रिनकार्ड – राष्ट्रपति ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनता र करदाताको हितका लागि नयाँ इमिग्रेशन सुधार कार्यक्रमलाई समर्थन गरेको जनाएका छन् ।  अङ्ग्रेजी बोल्न सक्ने, कमाएर खान र परिवार पाल्न सक्ने, तथा अमेरिकाको अर्थतन्त्रलाई योगदान दिन आप्रावासीलाई अमेरिकामा स्थायी बसोबासका लागि प्राथमिकता दिइने बताउँदै ट्रम्पले खाली यहाँ सामान्य काम गर्न आउने र  सामाजिक भत्ता लिनेलाई ग्रिनकार्ड नदिइने ट्रम्पले बताएका छन् । भी लटरीवाट आप्रावासी ल्याउने नीतलाई रद्द गर्ने, अयोग्यलाई एनवान वा ग्रिनकार्ड नदिने भन्ने राष्ट्रपति ट्रम्पको धारणा छ ।    अमेरिकाको संसदमा प्रस्तुत उक्त विद्येयकमा योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गर्ने उल्लेख छ ।
Spread the love