पुसभित्र जग नहालेकालाई समय थप्ने संकेत

earthquake in nepal

काठमाडौँ : सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको पछिल्लो तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको संख्या २ लाख ४ हजार ९ सय ९३ पुगेको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालका अनुसार भूकम्पप्रभावित जिल्लाका स्थानीय तहमा इञ्जिनियर, प्राविधिक खटिएका तथा दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण पनि निजी आवास पुनर्निर्माणले गति लिएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या २ लाख नाघेको छ ।  २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा यही पुस मसान्तसम्म तोकिएको पृष्ठभूमिमा दोस्रो किस्ताका लागि योग्य लाभग्राहीको संख्या उल्लेखनीय रुपमा बढेको छ । पुसभित्र पहिलो किस्ता लिएकाहरुले यही पुस मसान्तसम्म घरको जग हालेर दोस्रो किस्ताको फारम भर्नुपर्ने छ । घर बनाउने मान्छेलाई दोस्रो किस्ता लिने व्यवस्था गरिएको छ । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३ सय ८८ र सबैभन्दा कम भक्तपुरका १ हजार ९ सय २१ लाभग्राहीको लगत संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

Spread the love