दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई ज्यान मार्ने धम्की

ललितपुर, फागुन २ :  गाउँपालिकाको जनप्रतिनिधिले दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई ज्यान मार्ने धम्की दिएका छन । माघ २८ गते प्रकाशित समाचारको विषयलाई लिएर महाकांल गाउँपालिका वडा नं. ४ का एमालेबाट निर्वाचित वडा अध्यक्ष शान्ताप्रसाद गौतमले ज्यान मार्ने धम्की दिएका हुन् । दैनिकीन्युजमा प्रकाशित समाचार “झोलामा कार्यालय, गाउँ नै जाँदैनन् जनप्रतिनिधि” शीर्षकमा समाचार प्रकाशन गरेपछि उनले धम्की दिएका हुन । उनले फागुन १ र २ गते ९८५१२२९२१८ नम्बरको मोवाइलबाट फोन गरी अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएका हुन् । मध्ये रातमा फोन गरी समाचारको विषयलाई लिएर अश्लिल शब्द प्रयोग गरेका थिए । समाचार प्रकाशित विषयलाई चित्त नबुझे सम्बधित निकाय प्रेस काउन्सिल तथा अदालत जान पटक पटक आग्रह गर्दा कुरै नसुनी जहाँ भेट्यो त्यहाँ मारिदिने चेतावनी दिएका हुन् । यस सम्बन्धमा नेपाल पत्रकार महासंघ ललितपुर र चापागाउँ, सातदोबाटो प्रहरी वित्तलाई समेत जानकारी गराइएको छ ।

Spread the love