मोरङको पेट्रोल खानी उत्खनन् गर्न चिनिया टोली नेपालमा

chinise unit at nepal for petrol

मोरङ: मोरङको बाहुनस्थित राधानगरमा रहेको पेट्रोल उत्खनन्को अन्वेषण गर्न चिनिया टोली आई पुगेको छ । मंगलबार मन्त्री पाण्डेसहित खानी तथा भूगर्भ विभागको प्रतिनिमिण्डल पनि राधानगर पुगेको थियो । उद्योगमन्त्री सोमप्रसाद पाण्डे मंगलबार राधानगर पुगेर स्थानीयलाई चिनिया सरकारी टोलीसँग परिचय गराएका छन् । पच्चीस वर्षपछि चिनिया टोलीसहित सरकार मन्त्री पुगेर फेरि काम थाल्ने आश्वासन दिएपछि स्थानीय पनि खुसी भएका छन् ।
राधानगरमा पच्चीस वर्षअघि नर्वेको टोलीले जमिनमा प्वाल पारेर उत्खनन्को काम थालेको थियो । त्यो टोलीले ३ हजार ५ सय मिटर गहिरो प्वाल पारेर पेट्रोलियम अन्वेषण गरेको थियो । तर, पछि त्यो टोली फकिएपछि राधानगरमा फेरि सरकारी टोली पुगेका थिएनन् ।

मंगलबार मन्त्री पाण्डेसहितको प्रतिनिधिमण्डल राधानगर पुग्दा ठूलो समूहले स्वागत गरेको थियो । झाँकीसहित स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयम रायले पनि पेट्रोल भेटिए सबैका लागि खुसीको कुरा हुने बताए । चाङको नेतृत्वमा रहेको टोलीले सुनसरीको चतरामा तेलको सम्भाव्यता अध्यय्नपछि राधानगरमा काम थाल्नेछ ।

Spread the love