मुलुकको अर्थतन्त्र दलाल र नोकरशाहीहरुको हातमा

दिपक न्योपाने, काठमाडौ,  नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको अवसरमा  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र दलाल र नोकरशाहीहरुको हातमा रहेकोले मुलुकको अर्थतन्त्र ओरालो लागेको जिकिर गर्नुभयो ।  दाहालले पाँच बर्षको लागि निर्माण भएको नयाँ सरकारले मुलुकको आर्थिक विकासमा ध्यान दिएको मुलुकको अर्थतन्त्र माथि उठन नसकेको तर्क गर्दै बर्षेनी मुलुकमा व्यापार घाटा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्नुभयो । मुलुकमा विदेशी लगानी ल्याएर निजी क्षेत्रको सहकार्यमा स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्ने टिप्पणी गर्दै सरकारले छलफल गरेको भन्दै अब मुलुक स्थिरतातिर जान्छ ।  नेपाली जनताले एकपटक दिएको अवसरलाई संस्थागत गरी अघि नबढे नेपाली जनता र मुलुकको आर्थिक अवस्था ध्वस्त भएर जाने चिन्ता ब्यक्त गर्नुभयो ।

Spread the love