भारतीय प्रधानमन्त्री मोदीको दुईदिने औपचारिक भ्रमण

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  आज दुईदिने औपचारिक भ्रमण  आउँदैछन्। पहिलोपटक राजधानी काठमाडौंभन्दा बाहिर जनकपुरबाट उनले दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्।  बिहीबार दिउँसो सामाजिक सञ्जालमा कर्नाटकबाटै नेपाल भ्रमणबारे पोस्ट गर्दै जनकपुर र मुक्तिनाथ दर्शनको व्यग्र प्रतीक्षा गरिरहेको सार्वजनिक गरेका छन्।  जनकपुर अवतरण गर्नुभन्दा १८ घण्टा अगाडि सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीका हैसियतमा आफ्नो तेस्रो नेपाल भ्रमणले दुई देशबीच सदियौँदेखि रहँदै आएको सम्बन्धको महत्व दर्शाउने ट्विटमा उल्लेख गरेका छन्। ११ जना वरिष्ठ अधिकारीहरूको टोली, चिकित्सक र निजी सचिवलगायत २० जना सहयोगी, १४ जना सुरक्षाकर्मी, २ जना सञ्चारकर्मी तथा ३ जना दोभाषे र १ जना मर्यादापालक समावेश टोलीको नेतृत्व गर्दै उनी आउन लागेका छन्।

Spread the love