नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर

सोमबार बसेको बोर्डको बैठकमा पेश गरिएको थियो । रिपोर्ट अनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ ।  सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई विस्तृत सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ । लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन   तयार गर्ने भएको छ । हालै मात्रै लगानी बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । जसमा रुट एक लगानी बोर्ड आफैंले अघि बढाउुनपर्ने भनि उल्लेख गरिएको थियो । अब बोर्डले रुट १ को लगानी बोर्डले सम्भाव्यता अध्ययनका साथै विस्तृत अध्ययन समेत गर्नेछ । निर्माणका लागि यसलाई सार्वजनिक निजी साझेदारी अन्र्तगत बुट मोडलमा अघि बढाइनेछ । विकास गर्न लागिएको रुट भने बुढानिलकण्ठ सातदोबाटो हुँदै काठमाडौ तराई द्रुत मार्गसम्म पुग्छ । काठमाडौंमा रेलको बारेमा पटक पटक अध्ययनहरु भएपनि ठोस् रुपमा भने काम अघि बढ्न सकेको छैनन् । गत वर्षको पुष २५ गते बसेेको बोर्डको बैठकले सम्भाव्यता सँगै मेट्रोको डेभलपमेन्ट मोडल तथा अनुदान के कसरी दिन सकिन्छ भनेर अध्ययन गर्न एक कमिटी गठन गरिएको थियो ।

Spread the love