महाअभियोग प्रस्तावमै किष्ट कलेज मुछियो

८ कात्तिक, काठमाडौं : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको नाम महाअभियोग प्रस्तावमा आरोप लगाइएको छ ।  ‘किष्ट मेडिकल कलेज’ को प्रिन्सिपल लोकमानसिंह कार्कीका भाइ हुन् । सशस्त्र प्रहरीको भ्रष्टाचारबाट आर्जित सम्पत्तिसमेत यो कलेजमा लगानी भएको अख्तियारकै अधिकारीहरुको दाबी छ । आफ्ना नातेदारको शेयर रहेको सो कलेजमा विद्यार्थी भर्ना कोटा बढाउन लोकमानसिंह कार्की परिवारले गलत तरिकाले आर्जन गरी किष्ट कलेजमा लगानी गरेको सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण विभागमार्फत छानविनको दायरामा ल्याइनुपर्ने र लोकमानसिंहदेखि वीरमानसिंहसम्म कारवाही चलाइनुपर्ने स्रोतको भनाइ छ ।

Spread the love