चीनमा आँधी र वर्षाले जनजीवन अस्तव्यस्त

सामुद्रिक आँधी र वर्षाले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ  ।  प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको सो आँधीको कारण २ जनाको मृत्यु भएको  छ । करिब २५ लाख बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । रेलहरू रोकिएका छन् भने उडानहरू रद्द भएका छन्  । साथै मुख्य सडकहरू ठप्प छन । आँधीकै कारण फिलिपिन्समा खानीमा काम गर्ने कम्तीमा ३० जनासहित ६४ जनाको ज्यान गइसकेको छ ।

Spread the love