हुम्लामा भारी हिमपात किसान हर्षित

हुम्ला– हिमपातले किसान खुसी भए पनि हुम्लामा हिमपातले जनजीवन प्रभावित भएको छ।यातायातको एक मात्र हवाई सेवा अबरुद्द भएको छ ।  सुर्खेत र नेपालगंजबाट कुनै उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन।  हिमपात हुँदा किसान हर्षित भएका छन् । हुम्लामा यो दोसोपटक हिमपात भएको हो । मंगलबार बिहानबाट हिमपात भएको छ ।   सिमीकोट विमानस्थल बन्द भएको छ । हिमपातका कारण स्थानीयवासीलाई घरवाहिर हिडडुल गर्न समस्या भएको छ । सदरमुकाम सिमकोटमा ८ इन्च हिउँ जमेको  र हिमपातसंगै चिसो वढेको छ । अहिले तापमान माइनस १० डिग्री सेल्सीयसमा झरेको छ ।

Spread the love