मृत्यु भएकी महिलाको पाठेघरवाट स्वस्थ बालिकाको जन्म

काठमाडौं :  ब्राजिलमा मृत्यु भइसकेकी महिलाको पाठेघर प्रत्यारोपण गरी एउटी स्वस्थ बालिकाको जन्म भएको छ । मानव अंगप्रत्यारोपणका लागि प्रविधिको विकाससँगै धेरैले नयाँ जीवन पाएका छन् ।  मृत्यु भइसकेकाको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयास असफल भएका थिए । गत वर्ष भने करिव ४० वर्षमा मृत्यु भएकी महिलाको पाठेघर प्रत्यारोपण गरिएकी महिला जो योनी र पाठेघर राम्रोसँग विकसित नहुने सिन्ड्रोमबाट ग्रसित थिइन् ।  डिम्बाशयमा कुनै समस्या नदेखिएका कारण  स्वस्थ बालिकाको जन्म दिएकी थिइन् । प्रविधि पूर्ण रुपमा सफल भए बाँझोपन समाधानको कोसेढुङ्गा साबित हुनेछन् ।

Spread the love