परिवारमा आधारित ग्रिनकार्ड अन्त्य गर्ने विधयेक

बिहिबार झण्डै २० लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने र सिमा सुरक्षामा कडाई गर्ने दुईदलीय अध्यागमन सम्झौतापछिको विधयेक अस्वीकृत भएको छ । सिनेटमा उक्त विधयेकका पक्षमा जम्मा ३९ मत र विपक्षमा ६० मत खसेको थियो ।  बिहिबार अमेरिकी सिनेटमा ट्रम्प समर्थित डिभी लोटरी अन्त्य गर्ने र परिवारमा आधारित ग्रिनकार्ड अन्त्य गर्ने विधयेक पारित हुन सकेन । विधयेकमा बाल्यकालमा अमेरिका आएका झण्डै २० लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव समेत रहेको थियो । डिभी लोटरी र चेन माइग्रेशनको विषय नसमेटिएको यो विधयेकको ट्रम्प र ह्वाइट हाउसले कडा विरोध गर्दै आएका थिए । विधयेकका पक्षमा सिनेटमा जम्मा ५४ मत प्राप्त भयो भने विपक्षमा ४५ मत प्राप्त भयो ।  सिमानामा पर्खाल लगाउने र सिमा सुरक्षाको विषय पनि विधयेकमा रहेको थियो ।

Spread the love