ग्रामिण देवी माबिमा ग्रामिण स्वावलम्बनको भव्य कार्यक्रम सम्पन्न

 भरतसन्तोषी,नुवाकोट :नुवाकोटको विभिन्न क्षेत्रमा सुरक्षा र स्वास्थ्य विषयमा कार्यक्रम संचालन गरिरहेको ग्रामीण स्वावलम्बन सस्थाले नुवाकोटको शिवपुरी-७ स्थित ग्रामीणदेवी माध्यमिक विद्यालय सुनखानीमा एक भब्य कार्यक्रम समापन गरेको छ।शिवपुरी गाऊ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष माधब प्रसाद भेटुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख आतिथ्य सस्थाका मिनाकुमारी लामाको रहेको थियो।स्वास्थ्य सग संबंधित लोकदोहोरी प्रतियोगिता,चित्रकला प्रतियोगिताका साथमा सुशील सिटौलाको लेखन रहेको रोगलाई गरौ बाई बाई शीर्षक नाटक पनि मन्चन भएको थियो।चर्चित लोक दोहोरी गायक उद्द्व कार्की र हास्य कलाकार जय जगदीश अधिकारी ले पनि उपस्थित दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिलाएका थिए। स्वास्थ्यवर्धक लोकदोहोरी प्रतियोगितामा बिपासा कडेलको समूह पहिलो भएको थियो भने रुपा डङोलको समूह दोस्रो भएको थियो।बिजेता समुहलाई पुरस्कार तथा प्रमाणपत्र सह आयोजक विद्यालय ग्रामीण देवी माध्यमिक विद्यालय सुनखानीका प्रधानाध्यापक गङगालाल डङोलले वितरण गर्नुभएको थियो।

Spread the love