राष्ट्रिय भूकम्प दिवस – जनचेतना जगाउन देशभर बिभिन्न कार्यक्रम

Nepal Earthquake And its Impact

विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ । भूकम्पको पूर्व तयारी र बच्ने उपायबारे जनचेतना जगाउन आज देशभर बिभिन्न कार्यक्रम हुँदैछन् ।  आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरेर देशभर मनाइँदैछ ।   काठमाडौलगायत विभिन्न शहरहरुमा जनचेतनामुलक कार्यक्रम हुँदैछन् । नेपाल सबैखाले प्राकृतिक विपतको उच्च जोखिममा रहेको देश हो ।  आज भूकम्पबाट जोगिन विभिन्न चेतनामुलक कार्यक्रम गर्न लागेको सरोकारवाला सङ्घसस्थाले जनाएका छन् ।  भूकम्पका दृष्टिले त यो जोखिम अझ बढी छ । नेपाल नेपाल जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले ११ औ जोखिमयुक्त क्षेत्रमा पर्छ भने काठमाडौ सबैभन्दा बढी जोखिमयुक्त शहर हो । कमजोर भौतिक संरचना, अव्यवस्थित वस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लगेको विज्ञहरु बताउँछन् ।

Spread the love