३३ किलो सुन प्रकरणका डिएसपी सञ्जय राउत गृहको सम्पर्कमा

काठमाडौँः प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएपछि त्यो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका  डिएसपी सञ्जय राउत गृहको सम्पर्कमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो अवैध सुन बरामदपछि भएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएका डिएसपी सञ्जय राउत गृहमन्त्रालयको सम्पर्कमा आएका छन् ।  उनी अचानक गायब भएपछि सर्कुलर जारी गरिएको थियो ।  विमानस्थलबाट अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरणमा अनुसन्धानका लागि बुधबारमात्रै डिएसपी राउतलाई खोज्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर पठाएको थियो । सनम हत्याकाण्ड अनुसन्धान गर्न पुगेका एसएसपी दिवेश लोहनी र राउतबीच सम्पर्क देखिएपछि अनुसन्धानमा तानिएको थियो ।

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएकै भोलिपल्ट राउत गृहमन्त्रालयको छानबिन समिति र प्रहरीको सम्पर्कमा आएका हुन् ।   ३३ किलो सुन तस्करी प्रकरणमा समितिले २० जनालार्इ पक्राउ गरिसकेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ परेकामध्ये प्रहरीका दुई बहालवाला अधिकृत छन् भने एकजना पूर्वडिआर्इजी पनि परेका छन् ।

Spread the love