सवारी चालकलाई जुत्ताको माला लगाउने गतिविधि

४ असोज, काठमाडौं  : मुलुकी संहिताको विरोधमा आन्दोलनरत सवारी चालकहरुले बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सडकका गुडेका सवारीहरुलाई रोक्ने र जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।  यातायात मजदुरहरुको आवरणमा गलत तत्वले उदण्डता मच्चाउने काम भएको संगठनले भनेको छ । धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्राैटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रुसहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला  चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधिमा उत्रिएका छन् ।

Spread the love