डा गोविन्द केसीको जन्ममिति फरक-फरक

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आन्दोलनमा रहेका केसीकै जन्ममिति फरक-फरक भेटिएपछि  तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्।  प्रा.डा गोविन्द केसीले आफ्ना जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक जन्ममिति भएको स्वीकार गरेका हुन्। पत्रकार सम्मेलनमा केसीले सार्वजनिक गरेको विज्ञप्तिमा नागरिकताको जन्ममिति २०१३ असोज २७, एसएलसीको चारित्रिक प्रमाणपत्र २०१३ माघ २४ र सहप्राध्यापकमा बढुवाका लागि भरेको आवेदन फारममा २०१३ मंसिर २७ गते उल्लेख भएको स्वीकार गरेका हुन्।

Spread the love