डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं : एक कार्यक्रममा सहभागी हुन जाने क्रममा ‘मर्डरर गो ब्याक’ भन्दै कालो झण्डा देखाएर भट्टराईविरुद्ध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । १० बर्षे तत्कालिन माओवादी युद्धमा १७ हजार नेपालीको मृत्यु भएको भन्दै उनीहरुले डा.भट्टराईविरुद्ध प्रदर्शन गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहनेछन् ।

Spread the love