कागजपत्रविहिनहरुलाई नागरिकताको बाटोमा लैजाने – राष्ट्रपति डोनाल्ड ट्रम्प

ट्रम्पले सिमाक्षेत्रमा पर्खाल लगाउने योजना साकार पार्न ,  राष्ट्रपति डोनाल्ड ट्रम्पले १० देखि १२ बर्षभित्र त्यस्ता कागजपत्रविहिनहरुले अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बताएका छन् ।  बाल्यकालमा नै अमेरिका आएका झण्डै १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटौमा लैजाने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सकारात्मक देखिएका छन् ।  ह्वाइट हाउसको अध्यागमन योजनामा सिमाक्षेत्रमा पर्खाल लगाउने, डिभी लोटरी अन्त्य गर्ने, दाजुभाईदिदीबहिनी लगायत टाढाका नातेदारहरुलाई ग्रिनकार्ड स्पोन्सर गर्नसक्ने प्रावधान खारेज गर्ने लगायतका विषय छन् ।  डाकाबाट समेटिएका झण्डै ७ लाख सहित १८ लाख कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने प्रस्ताव अगाडि ल्याएका हुन् ।  राष्ट्रपति ट्रम्पले मार्चको ५ भित्र संसदलाई समाधान खोज्न आब्हान गर्दै गत सेप्टेम्बरमा डाका कार्यक्रम अन्त्यको घोषणा गरेका थिए ।

Spread the love