दैलखमा जीप दुर्घटना- ४ को मृत्यु

१० फागुन, दैलेख : लु१ज ३५३२ नम्बरको जीप  दैलेखमा दुर्घटना भएको छ ।  बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ ।  दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् ।  मृत्यु हुनेमा महाबु-६ का श्रबणकुमार शाही, महाबु-३ कि निर्मला बिष्ट र वीरेन्द्रनगर सुर्खेतका तिलक बिष्ट रहेका प्रहरीले जनाएको छ ।

Spread the love