चिनियाँ लगानीको नेपाली बिजुली भारतले

काठमाडौं: द इन्डियन एक्सप्रेसले शीर्षकमा समाचारमा चिनियाँ लगानीको नेपाली बिजुली भारतले किन्दैन भन्दै  सञ्चारमाध्यमले तीतो पोखेका छन् । ओलीको भ्रमणलाई लिएर सकारात्मक भन्दा नकारात्मक समाचारले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएका छन् । ओलीकै कारण नेपाल भारतभन्दा चीनसँग नजिकिएको भन्दै भारतीय सञ्चारमाध्यमले तीतो पोखेका छन् । प्रधानमन्त्री ओलीको पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युतको उत्पादनमा प्राथमिकता दिने कुराले पनि भारत झस्किएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख गरिएको छ ।  ओली चीन समर्थक  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यम आक्रमण देखिएका छन् । अभिनेता सलमान खानको सजायको समाचारलाई प्रमुख बनाइरहेका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको भ्रमणलाई पनि प्राथमिकता दिँदै आलोचनात्मक समाचार र विचार प्रकाशित गरेका छन् ।  भारतीय सञ्चारमाध्यमले चीनले बनाइदिएको बाँधको जलविद्युत भारतले नकिन्ने चेतावनीसहित ओलीलाई अफ्ठ्यारो पार्ने सन्देश दिएका छन् ।  पेट्रोलियम पदार्थमा भारतसँग निर्भर रहँदै आएको नेपालले जलविद्युत तीव्र गतिमा भारतको टाउको दुखाएको इन्डियन एक्सप्रेसको समाचारमा लेखिएको छ ।

Spread the love