मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति

बुद्ध नेपालमा जन्मेको सन्देश  फैलाउन  पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिलाई रंग लगाएर अन्तिम रुप दिइएको छ । बौद्धधर्मालम्बीहरुको अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र लगानीमा बुद्धमूर्तीको स्थापना गरिएको हो । ३५ फिट अग्लो यो बुद्धमूर्ती एकबर्ष अगाडि मुक्तिनाथ लगेर स्थापना गरिएको हो । हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिइन्छ भने भगवान विष्णुको पावन क्षेत्रका रुपमा पुज्ने गरिन्छ । मुक्तिनाथमा स्थापना गरिएको बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको हो ।  सतीदेवीको अंग पतन भएको शक्तिपीठका रुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रलाई बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बततिर यात्रा गर्ने क्रममा ध्यान गरेको पवित्र क्षेत्रका रुपमा लिने गरिन्छ । सन् २०१५ को अप्रिलमा नेपालमा आएको महाभूकम्पले बुद्धमूर्ति निर्माणको कामलाई समेत प्रभावित पार्यो । कालिगढहरुले बुद्धमूर्ति कुँदिरहँदा आएको भूकम्पले बनिसकेको मूर्तिलाई भत्काइदियो ।  पाटनबाट मुस्ताङको मुक्तिनाथमा मूर्ति ल्याउन सहज थिएन । त्यसैले निर्माण भइसकेपछि पनि मूर्ति मुक्तिनाथसम्म ल्याउन झण्डै ६ महिना लाग्यो । सन् २०१६ को मार्चमा १३ वटा मालबाहक ट्रकमा राखेर बुद्धमूर्ति मुक्तिनाथमा लगियो ।  बुद्धमूर्तिमा टाउकोमात्र पाँच फिट अग्लो रहेको छ । टाउकोको तौलमात्र झण्डै ५ हजार किलोको रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट रहेको छ । बुद्धमूर्तिको पाखुराको लम्बाई ९ फिट र चौडाई १८ इन्च रहेको छ । नेपालकै कलाकार र नेपालकै ढुंगाबाट परम्परागत शैलीमा छिना र हम्मरको प्रयोग गरेर मूर्ति बनाइएको हो । बुद्धमूर्ती निर्माण र स्थापनाको लागत २ करोड रुपैया भन्दा धेरै छ । buddha murti in mustang

buddha murti in mustang buddha murti in mustang

Spread the love