२ अर्ब २२ करोडको पाठ्यपुस्तक धमाधम छापिदै

भक्तपुर । नयाँ शैक्षिक सत्र शुरु हुन केही दिन मात्र बाँकी छ । आगामी शैक्षिक सत्र २०७५ को लागि नेपालमा विद्यालय शिक्षा अध्ययनको लागि कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ ।  कक्षा ६ देखि १० सम्मको छपाई भने सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले गरिरहेको छ । नेपाल सरकारले समयमै विद्यार्थीको हातमा पुस्तकको सेट पु¥याउन धेरै निकायलाई सक्रिय बनाएको छ । सरकारले यही चैत २५ गते भित्र सबै जिल्ला सदमुकाममा पाठ्यपुस्तक पुग्ने लक्ष्य लिएको छ ।  वि.स २०७४ सालमा कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ ।    जसमा कक्षा १ देखि ५ सम्म मात्र ३३ लाख ५ हजार ६ सय १४ जना हुनेछन् ।  कक्षा ६ देखि १०सम्म २२ लाख २४ हजार ९ सय १७ विद्यार्थी हुनेछन् । नेपाल सरकारले विद्यार्थी संख्याको पूर्व अनुमान गरि यो वर्षको शैक्षिक सत्रको लागि निःशुल्क पाठ्यपुस्तक शीर्षकमा २ अर्ब २२ करोड २२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

Spread the love