इलाममा बम विष्फोटले गाउँपालिका भवनको छाना खस्यो

इलाम : शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको छ । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको छ ।   जिल्लाको दक्षिणी भेगस्थित चुलाचुली गाउँपालिकाको भवनमा बम विस्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।   शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो ।  जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।  घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ ।

Spread the love