नुवाकोटमा डाक्टर महत लक्षित गरि गाडीमा बम प्रहार

 भरतसन्तोषी,नुवाकोट :नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का काँग्रेसका उम्मेदवार डा.रामशरण महत र प्रदेश नंं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट भएको छ । विष्फोटबाट पाँच जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । उम्मेदवार महतद्धय भने शकुसल छन् । चुनावी प्रचार अभियानको क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेको समयमा ककनी गाँउपालिका वडा नं. ५ काउलेथानामा आज बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराएको प्रदेससभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिनुभयो । बम विस्फोटबाट काँग्रेसका कार्यकर्ताहरु उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सबिन लामा, रमेश राई लगायत घाइते भएका छन् । शरिरको विभिन्न स्थानमा चोट लागेकाले घाइते भएका मध्ये केहीको अबस्था गम्भीर छ । उनीहरुलाई उपचारको लागी काठमाडौ तर्फ लगिएको छ । उम्मेदवार महतद्धय चढेको बा.१४ च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराएको भएपनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा. १६ च ६६५ नं गाडीमा विस्फोट भएको हो । विस्फोटबाट गाडी पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । बम विस्फोटको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।bom atact in nuwakot 2

Spread the love