सिन्धुपाल्चोकमा भोटेकोशीको वितण्डा

sindupalchowk ma bhotekoshi ko bitanda

चौतारा,  २३ असार – सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पु¥याएको छ ।  एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगाउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पुर्याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ ।  हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको छ । तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जानकारी दिएको छ । तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

sindupalchowk ma bhotekoshi ko bitanda
तस्विर : अर्जुन सापकोटामा र अनन्तप्रकाश श्र्रेष्ठको फेसबुकबाट
sindupalchowk ma bhotekoshi ko bitanda
तस्विर : अर्जुन सापकोटामा र अनन्तप्रकाश श्र्रेष्ठको फेसबुकबाट

 

Spread the love