सोलुखुम्बुमा भालुको आक्रमण

सोलुखुम्बु: सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ३ माठुङमा   दिउँसो  जंगलमा घाँस काट्न जाँदा  दुई महिला  माथि भालुले आक्रमण गरेको छ ।  भालुले आक्रमण  गर्दा घाँस काट्न गएका २ महिला गम्भीर घाईते भएको छ ।  घाईते हुनेमा स्थानीय ४० वर्षिया सानु मगर र ४७ वर्षिया मनकुमारी मगर छन् । आक्रमणबाट उनीहरुको टाउको, घाँटी,ढाड र तिघ्रामा गहिरो चोट लागेको छ । उनीहरुलाई  उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याइएको छ ।

 

Spread the love