नेपालीलाई काठमाडौं छाडेर फर्के अमेरिकी अधिकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर फर्केको हो । नेपालबाट भारत, कोलम्बिया, टर्की, पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका सात नेपालीले त्यसका लागि ३० देखि ४० लाख रुपैयाँ खर्चेका थिए । फर्केकाहरू २२ देखि ४२ वर्ष उमेर समूहका छन् । देशैपिच्छेका दलालबाट पटक–पटक ठगिँदै मेक्सिको बोर्डरबाट हाम्फालेर अमेरिका पसेका सात जनामध्ये कसैले पाँच महिना त कसैले सात महिना लामो अवैध यात्रा गरेका थिए ।
रुकुम कोल गाविसका तारक पुनले नेपालबाट अमेरिका पुग्दा तीन महिना लामो यात्रा गरे । भारतबाट थाइल्यान्ड पुगेका उनी इन्डोनेसिया हुँदै बोलिभिया पुगे । एउटा देशबाट अर्को देशमा जाँदा उनलाई दलालले नै नयाँ दलालको हातमा सुम्पिन्थे । बोलिभियाबाट स्थलमार्ग हुँदै पेरु पुगेका पुन त्यहाँबाट इक्वेडर हुँदै पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगेका थिए । सडकमार्ग हुँदै भारतको राजधानी दिल्ली पुगेका नेपालीहरूले दलालको सेटिङमा दिल्लीस्थित विमानस्थलबाट बिनाकागजात कोलम्बियाको उडान भरेको बताए । उनले आफूसँगैको टोलीमा सात नेपाली र केही अफ्रिकी देशका नागरिक रहेको बताए । अमेरिका छिर्ने क्रममा सीमामा रहेको पर्खालबाट हाम्फाल्दा बुढाको गोलीगाँठो नै फुट्यो र खुट्टाको हड्डी भाँच्चियो । अध्यागमनले पक्रेर लगेपछि उनलाई २८ दिनसम्म अस्पतालमा राख्यो । ३२ वर्षीय बुढाले भने, ‘बाँचेर नेपाल त आइयो तर यतिका धेरै ऋण कसरी तिर्ने हो ?’ मानव तस्करको चंगुलमा परेर अमेरिकासम्म पुगेका बुढाले यो यात्रामा तीस लाख रुपैयाँ गुमाए ।

Spread the love