कृषि विकास बैंकमा करिब पाँच करोड हिनामिना – कर्मचारी पक्राउ

काठमाडौं : आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा न्युरोड शाखामा कार्यरत सहायक टेलर दीपक रेग्मीसहित तीन जना पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम  हुन्।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट उक्त बैंकको मौज्दात रकम करिब पाँच करोड हानी नोक्सानी पुर्याउने तीन जनालाई मंसिर १३ गते पक्राउ गरेको हो।  रेग्मीसहित तीन जनामाथि पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

Spread the love