भीरबाट लडेर मृत्यु

 चैत-७नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीमा लडेर एक युवकको मृत्यु भएको छ। नुवाकोटको सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँ पालिका वडा नं ८ चैंजु नारायणथान नजिकै बुधबार लडेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मकवानपुर घर भएका हाल शिवपुरी गापा वडा नं. ८ चैंजु नारायणथानमा ज्यामी काम गर्ने ३५ वर्षीय माइला तामाङको मादक पदार्थ सेवन गरी लडेर मृत्यु भएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए।
Spread the love