टेलिकमको फोर-जी सेवा आइफोनमा नचल्ने

काठमाडौं : हाल फोरजी सेवाको परिक्षण गरिरहेको नेपाल टेलिकमले फोरजी सेवा  आगामी आइतबार अर्थात् जनवरी १ तारिखबाट काठमाण्डौमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सुरु गर्ने भएको छ । तर, आइफोन र आइप्याड प्रयोगकर्ताले भने तत्कालै नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न पाउनेछैनन् । नेपाल टेलिकमका झण्डै दुई लाख प्रयोगकर्ताले एप्पलले उत्पादन गरेका आइफोन प्रयोग गर्छन् । डिभाइसको सुरक्षाप्रति संबेदनशील एप्पलले आफ्ना सेटमा सम्बन्धित सेवा प्रदायकको लोकेसन इनेबल नगर्दासम्म फोरजी नचल्ने बनाएको छ । एप्पल बाहेकका अन्य स्मार्टफोन ब्राण्डमा भने फोरजी सेवा स्वतः चल्छ ।जसका कारण संसारभरिका सवैजसो टेलिकम सेवा प्रदायकले फोरजी सेवा सञ्चालनका लागि एप्पलसँग बेग्लै सम्झौता गर्नुपर्छ र त्यस्तो सम्झौतापछि एप्पलले सेवा प्रदायकको लोकेसन इनेबल गर्छ । 

Spread the love