पाटनमै बिलायो ‘यार्चा’

yarcha dolpa thepowernews2

डोल्पा   : अघिल्ला वर्षसम्म रुकुमको मैकोटस्थित बुकिपाटनमा यार्चा संकलक र व्यापारीको ठूलो भीड लाग्थ्यो । यो वर्ष माहोल बेग्लै छ । संकलन गर्नेदेखि पाटनमै मोलमोलाइ हुने भएकाले भीडभाड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे हुन्थ्यो । यार्चा उत्पादन घटेपछि त्यहाँ बस्नेभन्दा पनि फर्किनेकै लर्को ठूलो छ । बुकिपाटन गएका ३० प्रतिशत फर्किए यार्चा टिप्न सुरु भएको सातामै फर्कनेको लर्को छ । हिउँ जति पर्नुपर्ने हो, त्यति नपरेकाले पनि कम भएको हुन सक्छ’

कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे। उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो। शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे। यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन। यो जडीबुटी वैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म पाइन्छ। यार्चा उत्पादन घटेपछि त्यहाँ बस्नेभन्दा पनि फर्किनेकै लर्को ठूलो छ । बुकिपाटन गएका ३० प्रतिशत फर्किए यार्चा टिप्न सुरु भएको सातामै फर्कनेको लर्को छ । हिउँ जति पर्नुपर्ने हो, त्यति नपरेकाले पनि कम भएको हुन सक्छ’ ।

yarcha dolpa thepowernews2

डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका बासिन्दाले बर्सेनि यार्सा संकलन गरी मनग्ये आम्दानी गर्छन्। हिमाली हीरासमेत भनिने बहुमूल्य जडीबुटी यार्सा संकलन गर्न कोरोनाका कारण रोक लगाइएपछि पाटनमै खेर गएको छ। महँगोमा बिक्री हुने र जमिनबाट निकालिने भएकाले स्थानीयले यसलाई हिमाली हीरा भन्ने गरेका हुन्।

Spread the love