संसारभर मजदुर दिवस – नेपालमा पनि मनाइँदै

१८ वैशाख, काठमाडौं : सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । मजदुर दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ । आज मे १ अर्थात १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै मे १ मनाउँदैछन् ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

Spread the love