‘वडा नं ६’ले एक हप्ता नबित्दै करोडमाथिको व्यापार

woda_num_6_nepali_flim_
काठमाडौँ – असोज १ गतेदेखि उपत्यकामा प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘वडा नं ६’ले एक हप्ता नबित्दै एक करोड रुपैयाँमाथिको व्यापार गरेको छ ।  टेलिभिजनमार्फत दर्शकको मन जितेका हाँस्य कलाकारको निर्माण र अभिनय भए पनि चलचित्र माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शकको मनमा छाप छोड्न सकेको विश्लेषकको भनाइ छ । यो वर्ष ‘रिलिज’ भएका चलचित्र ‘रेशम फिलिली’, ‘होस्टेल रिर्टन्स’, ‘भैरव’ र ‘लव सव’ मध्ये ‘वडा नं ६’ सर्वाधिक सफल हुने अनुमान गरिएको छ ।  हाँस्य टेलिशृङ्खला ‘तितो सत्य’, जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ समूहका कलाकारको प्रस्तुति रहेको उक्त चलचित्र राजधानीमा तीन जिल्लाका २४ ‘चित्र मन्दिर’मा प्रदर्शन भइरहेको छ ।   रासस
Spread the love