समाज सचेतना साप्ताहीक पत्रिकाको विमोचन सम्पन्न

संजु चापागाईं, मकवानपुर समाज सचेतना साप्ताहीक पत्रिकाको शुक्रबार एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । हेटौंडाबाट प्रकाशन आरम्भ गरेको समाज सचेतना साप्ताहीक पत्रिकाको विमोेचन साहित्य संगम मकवानपुरको सभाहलमा सम्पन्न गरिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख विकासराज खनाल र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले संयुक्त रुपमा पत्रिकाको विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले साप्ताहीक पत्रिका समाज सचेतना शुभारम्भ भएको अवसरमा शुभकामना दिदैं समाजको विकासका लागी एउटा महत्वपुर्ण योगदान दिने काम गर्न आग्रह गर्नुभयो । सुचना संचारको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले समाचार सम्प्रेषण गर्दा कसैको पनि व्यक्तिगत आचरण, नैतिकता, गोप्नीयता तथा विभिन्न हक अधिकारहरुलाई सम्मान गरेर समाचार लेख्न समेत सुझाव दिनुभयो । समाजमा भएका सफताका विषयहरु र विकास निर्माणका विषयलाई समेत पत्रिकाले महत्वपूर्ण स्थान दिनुपर्नेमा बुढाको जोड रहेको थियो । पत्रिकाकी प्रकाशक सरिता ढुंगानाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकासराज खनाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका सह–सचिव धर्मेन्द्र दाहाल, विवेकशिल साझा पार्टीका महेश चौधरी, चलचित्र निर्देशक गाविन्द गौतम लगायतको आतिथ्यता रहेको थियो भने साप्ताहिककी सम्पादक सञ्जु चापागाई, कार्यकारी सम्पादक रमेश बञ्जारा, प्रबन्ध निर्देशक गिता बाँनीया लगाएतको उपस्थिती रहेको थियो ।

Spread the love