उपराष्ट्रपतिका लागि समाजकल्याण परिषद्को भवन

काठमाडौं : सरकारले उपराष्ट्रपतिका लागि समाजकल्याण परिषद्को भवन  आवास गृह बनाउने निर्णय गरेपछि परिषद्का कर्मचारी आन्दोलित छन् ।  समाज कल्याण परिषद्को भवनमा उप–राष्ट्रपतिको कार्यालय र ‘समाज कल्याण परिषद् कार्यालय बचाउ’ संघर्ष समितिनै गठन गरेरको छ । भदौ मसान्त यता त्यहाँका कर्मचारीले चरणबद्ध आन्दोलनमा छन ।  सरकारले २०३९ सालमा २८ रोपनी १४ आना जग्गा भोगचलनको अधिकार दिएपछि स्व रानी ऐश्वर्य संस्थापकअध्यक्ष रहेको परिषद्ले २०४५ सालमा सरकारको सहयोग नलिई चन्दादाता मार्फत ४५ कोठे तीनतले पक्की भवन बनाइएको थियो ।

परिषद् भवनको प्रवेशद्वारमै ‘विरोध कार्यक्रम’ लेखिएको ब्यानर झुन्ड्याएर विरोधमा उत्रिएका कर्मचारीले निर्णय कार्यान्वयन नगर्न मागगर्दै हस्ताक्षर अभियान चलाइरहेका छन्। कर्मचारी कालोपट्टीबाँधेर कामगरिरहेकाछन् । उपराष्ट्रपति कार्यालय सरेपछि यो खाली चौर अपतकालिन अवस्थामा सर्वसाधारणले उपभोग गर्न नपाउने र परिषद्भित्रै रहेको इन्द्रायणी र विष्णुको मन्दिरसँग सम्बन्धित स्थानीय गुठीयारको धार्मिक–सांस्कृति प्रचलन प्रभावित हुने कर्मचारीको तर्क छ ।

Spread the love