‘भिसा कस्लाई दिने नदिने पहिले नै तय हुँदैन’ – अमेरिकी दूतावास

अमेरिकाको गैर आप्रवासी भिसा कागजपत्रमा आधारित नभई अन्तरवार्तामा आधारित रहेकाले भिसा आवेदकसँग भिसा अधिकारीको पहिलो जम्काभेट अन्तरवार्ताकै क्रममा हुने र त्यो भन्दा अगाडि आवेदन पुनरावलोकन नगरिने भिसा च्याटमा जनाइएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसाका लागि आवेदन दिएकामध्ये कस्लाई भिसा दिने वा नदिने भन्ने पहिले नै तय हुने र अन्तरवार्ता केवल औपचारिकतामात्र रहेको आरोप लागिरहँदा अमेरिकी दूतावास काठमाडौंले त्यस्तो आरोप अस्वीकार गरेको छ । कन्सुलर अधिकारीका तर्फबाट गरिएको भनिएको पछिल्लो भिसा च्याटका क्रममा कस्लाई भिसा दिने वा नदिने भन्ने कुराको निर्धारण अन्तरवार्तामा नै हुने स्पष्ट पारिएको छ ।

Spread the love