अमेरिकामा कृषि कामदारलाई नयाँ न्यूनतम तलब

अमेरिका : आगामी जनवरी ९ देखि लागुहुने गरी रोजगारदाताले अमेरिकामा कृषि कामदारहरुलाई प्रतिघण्टा कम्तीमा ११ देखि १५ डलरसम्म तिर्नुपर्ने भएको छ । सबैभन्दा कम ११ डलर १३ सेन्टस प्रतिघण्टा तिरे पुग्ने राज्यहरुमा अलाबामा, कोलोराडो, जर्जिया, नेभाडा, साउथ क्यारोलिना र युटाह परेका छन् । क्यालिफोर्नियामा १२ डलर ९२ सेन्टस्, ओरेगनमा १५ डलर ३ सेन्टस् र वासिंटनमा १५ डलर ३ सेन्टस् प्रतिघण्टा तिर्नुपर्नेछ ।  अस्थायी एच टु ए कामदारहरुका सन्दर्भमा डिपार्टमेन्ट अफ लेबरले नयाँ ज्यालादर तोकेको छ ।  अब कृषि कामदारहरुलाई न्युयोर्कमा १३ डलर २५ सेन्टस, नर्थ क्यारोलिनामा १२ डलर २५ सेन्टस, एरिजोनामा १२ डलर प्रतिघण्टा ज्याला तोकिएको छ ।

सबैभन्दा बढी १५ डलर ३ सेन्टस् तिर्नुपर्ने राज्यहरुमा ओरेगन र वासिंटन परेका छन् ।


Spread the love