प्रधानमन्त्री राहत कोषमा एक लाख प्रदान- आनन्दराज त्रिपाठी

 युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालको संयोजनमा प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ प्रदान गरिएको छ । ठमेल स्थित ओजि लाउञ्जका सञ्चालकहरुले संकलन गरेको रकम नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी,प्रदेश नम्बर ३ का उपाध्यक्ष अनिल सिलवाल,मानार्थ राष्ट्रिय अध्यक्ष डम्बरविर थापा,सदस्यहरु दिनेश बहादुर के.सि, विवेक नेपाल र ओजि लाउञ्जका सञ्चालकहरु दिनेश श्रेष्ठ,निर्मल कुलु र कृष्ण पौडेल र राजु मानन्धरले सोमवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा सो रकम प्रधानमन्त्री शेरवहादुर देउवालाई हस्तान्तरण गरे । बाढीका कारण देशबासीहरु ठूलो पिडामा परेको हुँदा पिडितहरुको पिडामा थोरै भएपनी राहत पु¥याउन सो रकम हस्तान्तरण गरिएको नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले वताए ।

Spread the love