आँधीमा परेर २२ जनाको मृत्यु

 

फिलिपिन्सको मध्य क्षेत्रमा  शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको  छ । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ ।  मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाएको छ  ।  सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका छन् । नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु  डुबेर भएको छ ।  आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन् ।

 

Spread the love