काठमाडौंबासीलाई दोहोरो करको मार

१५ साउन, काठमाडौं । नयाँ संविधानले दिएको अधिकार भन्दै काठमाडौं महानगरपालिकाले आर्थिक ऐन-२०७४ मा घरबहाल कर १२ प्रतिशत उठाउने घोषणा गर्दै वडा कार्यालयहरुलाई परिपत्र गर्‍यो र साउन १ गतेदेखि सोही कर उठाउन थालिएको छ । काठमाडौं महानगरले भने आफूले संविधानअनुसार नै १२ प्रतिशत घर बहाल कर उठाइएको बताइरहेको छ ।  नयाँ जनप्रतिनिधि आउनासाथ स्थानीय तह र केन्द्र सरकारबीच करका विषयमा हानथाप र विवाद सुरु भएको छ । १२ प्रतिशत घरबहाल कर तिर्दै आएका काठमाडौंमा स्थानीयले अब २२ प्रतिशतसम्म कर तिर्न पर्छ । काठमाडौं महानगरपालिकालेे नगरपरिषदबाट स्थानीय तहको एकल कर अधिकार अनुसार कर उठाउने निर्णय गरेको छ ।  दुई पक्षको विवाद बेलैमा नसल्टिँदा यसले आमनागरिक दोहोरो कर तिर्न बाध्य भएका छन् । केन्द्र सरकारले पनि कर स्रोत गुमाउन चाहेको छैन । यसले गर्दा काठमाडौंमा स्थानीयलाई करको दोहोरो भार परेको छ ।

Spread the love