सुदूरपश्चिमको पर्यटनदुतमा नियुक्त तारादत्त भट्ट

महेन्द्रनगर १ मंसीर सुदूरपश्चिम प्रदेश सरकार, उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडियल सिजन २ का बिजेता रवी वडलाई सुदूरपश्चिमको पर्यटनदुतमा नियुक्त गरेको छ । कन्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रबी ओड लाइ प्रदेशको पर्यटन दुतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्वेश्यले आईडियल वडलाई सुदुरपश्चिम प्रदेशको पर्यटनदुतमा नियुक्त गरेको वताउनु भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले वडलाई पर्यटनदूतको रुपमा नियुक्त गरेको हो । आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिम को पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचार प्रसार मा सहयोग पुग्ने उद्वेश्यले उहाँलाई पर्यटन दुतमा नियुक्त गरिएको मन्त्री भट्टले बताउनुभयो । सुदुरपश्चिम प्रदेश सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसअघिनै प्रदेश स्तरिय समिति बनाएर कार्य अघि बढाएको छ ।

Spread the love