आईआरएसबाट भन्दै ठगहरुबाट होशियार

अमेरिका : नक्कली नाम र नक्कली आईआरएस ब्याज नम्बर प्रयोग गरि अमेरिकाकामा ठगी गर्नेहरुको बिगबिगी बडेको छ । आफूलाई चिनाउन सामान्यतया प्रचलित नामहरु वा थरहरु प्रयोग गर्ने र  करदाता र भर्खरै अमेरिकामा आएका आप्रवासीहरुलाई लक्ष्यित गरेर फोनमार्फत भइरहेका ठगीका घटनाबारे आन्तरिक राजस्व सेवा आईआरएस ग्राहकहरुलाई सावधान गराउन चाहन्छ ।  करदातालाई अमेरिकाका प्राय सबै राज्यहरुमा निशाना बनाउने गरेका छन् । ठगहरुले फोन गरेर पीडितहरुलाई उनीहरुले आईआरएसलाई रकम तिर्न बाँकी रहेको भन्दै डेबिट कार्ड र वायर ट्रान्सफरमार्फत रकम माग्ने गरेका छन् । धेरैजसो समयमा फोनगर्नेहरु रुखो वा होच्याउने प्रकृतिका हुने गर्छन् । ठगहरुले कहिलेकाँही पीडितलाई नक्कली इमेल पठाएर फोनमा कुरा गर्ने वातावरण समेत बनाउने गरेका छन् । पीडितहरुले पाश्र्वमा अरु यस्तै प्रकारका फोनकलको आवाज समेत सुन्न सक्छन् किनभने ठगहरुले पीडितलाई आश्वस्त पार्न पृष्ठभूमिमा त्यस्तो आवाज बनाएका हुन्छन् ।

Spread the love